विरुवा गाँउपालिकामा भएको आर्थिक अनियमितता प्रति प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा ध्यानाकर्षण
स्याङ्जा ७, भदौं ।
सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचनमा विजयी भएका जनप्रतिनिधिको मिलोमतोमा आर्थिक अनियमितता भएको भन्दै नेपाली काँग्रेस विरुवा गाँउ कार्य समितीले एक विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गरेको छ ।
गाँउपालिका नेपाली काँग्रेसका सभापती युवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जन प्रतिनिधिहरूको संलग्नतामा आर्थिक अनियमितता गरेको, उपभोक्ता समितिसँग मिलोमितो र विभिन्न विकास योजनाहरुमा अपारदर्शीता अपनाएको जस्ता गुनासा आउन थालेपछि नेपाली काँग्रेसले ध्यानाकर्षण गरेको जनाएको छ ।
पालिका भित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भए पछि सत्य तथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तु लाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको आरोप लगाइएको छ ।
विरुवा गाउपालिकाले पछिल्लो समयमा गरेका विकाश निर्माणका काममा भएका अनियमितता, कोभिड नियन्त्रणमा भएका आर्थिक अनियमितता, वडाका बाटाहरु ग्रावेल गर्ने नाममा २५ लाख विनियोजित गरि गरिएको अनियमितता, म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजानिक नगरिएको, भञ्ज्याङ विरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको, युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम विना कार्यविधि वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तालाका बेर्ना बाड्ने कार्यक्रम अपारदर्शी ढंगबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजानिक गर्न माग गर्दै २०७८ असार २८ गते गाँउपालिकालाई ज्ञापन पत्र बुझाइएको विज्ञप्तीमा जानकारी गराइएको छ ।
“आफ्नो कर्तव्यबाट पन्छिदै जनताको हक अधिकारलाई कुल्चदै गाउपालिकाले गरेका यस्ता अनियमितताका कामहरु प्रति हाम्रो घोर आपत्ति छ,” विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरुको सत्य तथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजानिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली कांग्रेस विरुवा बाध्य हुने चेतावनी दिइएको समेत विज्ञप्तीमा उल्लेख छ ।

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


