राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको थियो । यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेमा मात्र दल विभाजन गर्न सकिन्थ्यो ।
दल विभाजनका गराउन अध्यादेश ल्याएकामा देउवा सरकारको चौतर्फी आलोचना भएको छ । यसअघि, पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले पनि यस्तै अध्यादेश ल्याउँदा कटू आलोचना भएपछि फिर्ता लिनुपरेको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


