राष्ट्रपति भण्डारीकहाँ पुग्यो अध्यादेश
काठमाडौं : मन्त्रिपरिषद्ले हतार–हतार दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अध्यादेश पुगेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)को माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई दल विभाजन सहज हुने गरी पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पार्टी फुटाउन मिल्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट समेत गर्नुभएको थियो । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग समेत राष्ट्रपति कार्यालयले छलफल गरेको थियो ।
सिफारिस भइ आएको अध्यादेश राष्ट्रपति भण्डारी समक्ष पेश भएको तर छलफलकै क्रममा रहेकाले मंगलबार जारी हुने सम्भावना नरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले इमेजखबरलाईा जानकारी दिनुभयो ।
एमालेले राष्ट्रपति भण्डारीलाई अध्यादेश जारी नगर्न सार्वजनिक अपिल गरिसकेको छ । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्ले सिफारिस गरेको यही प्रकृतिको अध्यादेश भने राष्ट्रपति भण्डारीले तत्कालै जारी गरिदिनु भएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


