वालिङमा मास्क अभियान सञ्चालन ।
वालिङ :
स्याङ्जाको वालिङमा मास्क अभियान सञ्चालन गरिरहेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हो ।
वालिङ नगरपालिका, दियालो संस्था, वडा प्रहरी कार्यालय, लियो क्लव लगायतको सहकार्यमा मास्क अभियान सञ्चालन गरेको हो ।
कोभिड १९ को संक्रमण बढिरहेको र यसबाट बच्नका लागि मास्क लगाउनु अपरिहार्य रहेकाले अभियान सञ्चालन गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
अभियानमा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई,वडा प्रहरी प्रमुख हरि पौडेल,नगर स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डे, दियालो संस्थाका पदाधिकारीहरु,दियालो सुआहारा तथा दियालो युएनडिपीका कर्मचारीहरु, लियो क्लवका सदस्यहरु, प्रहरीहरु लगायत सहभागी भएका थिए ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


