भीरकोट—७ मा सञ्चालित भलिवल प्रतियोगिता सम्पन्न ।

आँधीखोला खवर/ भीरकोट :
भीरकोट नगरपालिका वडा नं ७ पासीनडाँडामा सञ्चालित अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर स्थानीय नेपाल वाईड स्पेश युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको समापन गर्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले खेल मानव जीवनका लागि अपरिहार्य वस्तु भएको बताउनु भयो । उहाँले खेल क्षेत्रको माध्यमबाट युवाहरुलाई संगठित गर्न सहजहुने धारणा राख्नुभयो ।

नेपालको खेल क्षेत्रमा राज्यको ध्यान जान नसकेको भन्दै बजेट नै कम छुट्याईनु दुखद पक्ष भएको जीकिर गर्नु भयो । युवालाई नेपालमा नै सीप प्रदान गर्नु पर्ने भन्दै नेता थापाले युवा स्वेरोजगारका लागि आँफू प्रतिवद्ध रहेको बताउनुभयो ।
भलिबलको उपाधि आँधीखोला पिस युथ क्लब बयरघारीले जितेको छ । आँधीखोला पिसले आयोजक मेरो नेपाल वाईड स्पेश युवाक्बललाई पराजित गर्दै उपाधि जितेको हो ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी ७ का अध्यक्ष शेषकान्त अर्याल, कागे्रस नगरसभापति तोयनाथ अर्याल लगायतले बोलेका थिए । १५ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले ४५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेका छ भने उपविजेताले ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आँधीखोला पिस युथक्लबका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


