सिद्धबाबामा स्याङजाबाट गएको जीप पुरियो, वालिङका खाँणको मृत्यु ।
पाल्पा : गुडिरहेको जिप माथिल्लो भागबाट खसेको डुंगाले च्यापिँदा सोमबार बेलुकी एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकस पार्क र सिद्धबाबा बीचमा अचानक माथिल्लो भागबाट ढुंगा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिपका सह–चालक हुन् । खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएका छन् । लु २ च ७३८७ नम्बरको जिपमा ढुंगा खसेर गाडी च्याप्दा दुवै जना घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । स्याङजाबाट बुटवलतर्फ गइरहेको सिंगल क्याब जिपमा अचानक ढुंगा खस्दा उनीहरु घाइते भएका थिए ।
जिपमा बेलुकी साढे ७ बजे सडक माथिबाट ठूलो ढुंगा खसेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो वर्षाका कारण सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको दोभान प्रहरी चौकीका प्रमुख विष्णु कुँवरले बताए । सिद्धबाबा क्षेत्रदेखि दोभानसम्म पहिरो खस्ने र ढुंगा खस्ने भइरहेको उनले बताए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


