अर्थसचिवको जिम्मेवारी स्याङजाका मरासिनीलाई ।

काठमाण्डाै  :

सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थमा तानेको हो । मरासिनीले यसअघि लामो समय अर्थ मन्त्रालयमै रहेर काम गर्नुभएको छ । यस्तै यसअघि उहाँले लुम्बिनी प्रदेशको मुख्यसचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।

मरासिनीको स्थायी ठेगाना स्याङजाको बिरुवा गाँउपालिका वडा नम्वर ६ मा पर्दछ ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP