नवनियुक्त मन्त्री श्रेष्ठलाई स्वागत तथा सम्मान
वालिङ:
गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपाली जनताको अधिकार र चाहनाको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग संविधानमा ब्याख्या गरिए अनुसारनै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
सिमित स्रोत र साधनकाबीच धेरै योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्थामा चुनौतिहरु आईपर्ने भएकाले प्राथमिकताका आधारमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नवनियुक्त मन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारबीच विकास निर्माण तथा कार्यान्वयनका चरणहरुमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


