वालिङका कृषकलाई ६२ वटा भैंसी वितरण
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरभित्रका वडा नं. ९, १३ र १४ का ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।
उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत रु. २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा करीब रु. ५३ लाख लागेको हो ।
भैंसीपालनका लागि संभावित ठाउँ तथा कृषकहरुको मागका आधारमा तीन वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
परम्परागतरुपमा भैंसीपालन गर्दै आउनुभएका कृषकहरुलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
“परम्परागतरुपमा भैंसीपालन गर्दा फाईदा नहुने भएकाले ब्यवसायिकतामा जोड दिंदै कृषकको आर्थिकस्तर सुधार्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो, “पशुपालनमा ब्यवसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकहरुमा थप ब्यवसायिकतातर्फ उर्जा तथा उत्प्रेरणा थपिने छ ।”
नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरीद गर्नुभएको पशु शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

हाल तीनवटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैंसी खरीद गरेका डा. अधिकारीले बताउनुभयो ।
परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकहरुलाई ब्यवसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोही अनुसार कार्य अगाडि बढाएको हो ।
“कृषकहरुको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएका छौं” डा. अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालीम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरणहरु सहयोग गरिएको छ ।”
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


