सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसवेनमा हुने ।
टोकियो:
सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाली सहर ब्रिसवेनमा हुने भएको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ब्रिसवेनको पक्षमा भएको निर्णय सुनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको विशेष अधिवेशनमा भएको मतदानले यो निर्णय गरेको थियो ।
ओलम्पिक आयोजना गर्ने सहरको होडमा ब्रिसवेन सबैभन्दा अगाडि थियो र उसको पक्षमा आएको निर्णय अपेक्षित मानिएको छ । बाखले भनेका छन्, ‘३५ औं गृष्मकालीन ओलम्पिक ब्रिसवेनमा हुने घोषणा गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी गर्व महसुस गर्छ ।’ यस घोषणालगत्तै टोकियोमा रहेका ब्रिसवेनका प्रतिनिधिले तत्काल खुसीयाली मनाए । यतिखेर ब्रिसवेनमा पनि खुसीयाली छाएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १५ सदस्यीय कार्यकारी समितिले ब्रिसवेनलाई एकमात्र प्रत्याशीका रूपमा अगाडि सारेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यसलाई ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो ब्रिसवेन र क्विन्सल्यान्डका लागि मात्र होइन, पूरा अस्ट्रेलियाका लागि खुसीको उपलब्धि हो ।
अस्ट्रेलियाले यसअघि दुईपल्ट ओलम्पक आयोजना गरिसकेको छ । सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । त्यसमध्ये सिड्नी ओलम्पिकलाई यसको इतिहासकै सबैभन्दा सफल प्रतियोगितामध्ये एक मानिन्छ
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


