आज ३९ औं विपी स्मृति दिवस, विपीको योगदानको सम्झना गरिदै ।
काठमाडौं:
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । २०३९ साउन ६ गते विपीको निधन भएको थियो । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस तथा यसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
२००७ सालमा जनक्रान्तिको नेतृत्व गरेर मध्ययुगीन नेपाललाई आधुनिक ९प्रजातान्त्रिक० युगमा प्रवेश गराउने श्रेय बीपीलाई जान्छ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो । तर जनमतको अनादर गर्दै राजा महेन्द्रले १८ महिनामै बीपी नेतृत्वको सरकार अपदस्थ गरिदिए । अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि छाइरहेका बेला बीपीलाई गिरफ्तार गरी राजाले संसदीय व्यवस्था नै भत्काइदिए । त्यसपछि उहाँले ८ वर्षको कठोर कारावास र त्यति नै समय प्रवासमा बिताउनुपर्यो ।
बीपी प्रधानमन्त्री हुँदा होस् वा जेल र प्रवासमा रहँदा, सधैं नेपाली राजनीतिको केन्द्रमा रहनुभयो । सधैं जनतालाई सर्वोपरि मानेर राजनीति गर्नुभयो । उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


