मोरङमा परिवारै मिलेर नवजात शिशुको घाँटी थिँचि हत्या ।
मोरङ:
छोरी भन्ने थाहा पाएपछि मोरङमा परिवारै मिलेर नवजात शिशुको घाँटी थिँचि हत्या गरी मदिरा पसलभित्र खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार नवजात शिशुलाई घाँटी थिचेर हत्यापछि खाल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने पक्राउ परेका छन्।
प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमध्ये शिशुकी आमा रंगेली नगरपालिका-५ को आँपगाछी टोल बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्।
जिसीका अनुसार मण्डलले आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्।
घटना थाहा पाएलगत्तै प्रहरी टोली सोमबार घटनास्थल पुगेर शिशुको शव खाल्डोबाट निकालेको थियो।
घटनामा संलग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको जिसीले बताए।
जिसीका अनुसार खुश्बुले गैरकानुनी रूपमा गर्भधारण गरेको र शिशु जन्मिएपछि परिवारको योजनामा हत्या गरी खाल्डो खनेर गाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
खुश्बुका श्रीमान् अरुण वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए।
उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो। अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए।
‘तर, श्रीमतीले पेटमा बोसो लागेको, केही होइन भन्दै टार्दै आएकी थिइन्, उनका श्रीमानले पनि त्यो कुरा पत्याइरहेका रहेछन्,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘तर, खुश्बुले शिशु जन्माएपछि आकस्मिक रूपमा परिवारै मिलेर हत्या गरेको खुलेको छ।’
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानमुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने अनुमतिसाथ अनुसन्धान थालिएको एसपी जिसीले बताए।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


