चट्याङ्ग लागेर दुइ जनाको मृत्यु ।
काठमाण्डौ:
उदयपुर जिल्लामा आज दिँउसो चट्याङ्गले लागेर दुइ जनाको मृत्यु भएको छ । खेतमा धान रोपिरहेको अवस्थामा अपरान्ह ४ वजेको समयमा मेघ गर्जनसहित परेको चट्याङ्ग लागेर त्रियुगा नगरपालिका वडा नं ३ निवासि ३५ वर्षिया ललिता सदा र ३० वर्षिया फुलकुमारी सदाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ्गले हानेपछि दुबै जनाको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवासचन्द्र वोहोराले बताउनुभयो । चट्याङ्ग लागेपछि उपचारका लागि तत्कालै एम्बुलेन्सबाट उदयपुर जिल्ला अस्पतला पुर्याइएको तर यस अघिनै उहाँहरुको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको उहाँले बताउनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


