सत्ता बर्हिगमनसँगै युथ फोर्स पुनर्गठन ।
काठमाडौँ:
सर्वोच्च अदालतबाट नँया सरकार गठनका लागि परमादेश आएसँगै नेकपा (एमाले) ले राष्ट्रिय युवा संघले युथ फोर्स पुनर्गठन गरेको छ । हिजो काठमाडौंमा बसेको युवा संघको बैठकले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन भएको हो ।
अदालतले नँया सरकार गठनलाई आदेश दिएपछि निकै रुष्ट भएका युवा संघका ईन्चार्ज महेश बस्नेतले अदालतको आदेशका विरुद्द सडकबाट प्रतिकार गर्न निर्देशन दिएका थिए । पार्टीलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको बस्नेतले बताए । ” युथफोर्स सिरानेमुनि राखिएको खुकुरीजस्तै हो । संकट पर्याे भने यसलाई फेरि निकालिनेछ”, उनले भने ।
पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने। उनले युथ फोर्सलाई नेकपा (एमाले) माथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसार प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


