पृथ्वी राजमार्ग बस सञ्चालक क. प्रालिले असार ३० बाट गाडी सञ्चालन गर्ने ।
पोखरा:
सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ साथै निषेधाज्ञा पनि नमान्ने घोषणा गरेको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो ।
सरकारले असार ३० सम्म निर्णय गरेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नगरे आफूहरुले काउन्टर खुला गरी टिकट बुकिङ गर्ने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर बताए ।
कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहिंको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म लैजाने बताए । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको बताए ।
निषेधाज्ञाका बीच नीजि सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको कम्पनीको गुनासो छ । “नीजि सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने रु त्यस्तो त दुनियामा कहिंपनि हुँदैन”अध्यक्ष केसीले भने । यदि वैज्ञानिक हिसाबले सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने पुष्टि भएमा मात्र आफूहरुलाई मान्य हुने उनको भनाई थियो ।
अध्यक्ष केसीले बैंक तथा वित्तिय संस्थाले किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरहरुले भोकभोकै बस्नुपर्ने स्थिति रहँदापनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि आफूहरु गाडी सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको बताए । उनले भाडा समायोजन गर्ने माग पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ । कम्पनीले गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्ने जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


