भुपू महिलाहरुका लागी नेतृत्व विकास तथा उद्घोषण तालिम
वालिङ :
वालिङमा भुपू महिलाहरुका लागी नेतृत्व विकास तथा उद्दघोषण तालिम दिईएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोगमा भुपू सैनिक विकास एवं कल्याणकारी महिला संघको आयोजनामा १ दिने तालिम दिईएको हो ।
तालिमको उद्दघाटन गर्नुहुँदै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले भुपू महिलाहरुको क्षमता विकास गर्न यस्ता तालिमले सहयोग गर्ने बताउनुभयो । साथै उपप्रमुख तिवारीले सबै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने भन्दै महिलाहरु सचेत र क्रियाशिल हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रेखा थापा, भुपूसैनिक संघका अध्यक्ष चोसबहादुर गुरुङ, संघका पुर्व अध्यक्ष सुवेदार चन्द्रबहादुर रखाली, संघका उपाध्यक्ष सुवेदार दिपेन्द्र खाँण, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण ध्रुव, पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, भुपूसैनिक संघका सदस्य क्या. विश्वप्रकाश थापालगायतले बोल्नुभएको थियो ।
वालिङ ८ को वाणिज्य संघको सचिवालयमा सञ्चालित तालिममा ४६ जना भुपू महिलाहरुको सहभागिता थियो । तालिममा पत्रकार महासंघका उपाध्यक्ष डुम्रे र कार्यपालिका सदस्य थापाले सहजीकरण गर्नुभएको थियो । भुपूसैनिक कल्याणकारी महिला संघका अध्यक्ष सिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुमित्रा थापाले गर्नुभएको थियो ।



समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


