स्याङजा बिभिन्न मुद्धामा फरार रहेका २० जना पक्राउ ।
स्याङजा :
स्याङजा प्रहरीले बिभिन्न मुद्धामा सजाय तोकिएका तर फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले बिभिन्न मुद्धामा अदालतबाट सजाय तोकिएका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयस्याङजाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जबरजस्ती करणी, सावरी ज्यान, नाता कायम, गाली वेइज्ज्ती लगायतका विभिन्न मुद्धामा विभिन्न समयमा फैसला भइ फरार रहेका प्रतिवादीहरु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ७१ बर्षका बृद्ध समेत रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएके छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


