थपिए २४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५७७ जनामा र चार हजार ९७७ जनाको एन्टिजन परीक्षण गर्दा ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २३, ललितपुरमा ६८ र भक्तपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


