नमुना युवा संसद तथा युवा नेतृत्व बिकास कार्यक्रम (फोटो फिचर )

आँधीखेला खवर/ स्याङ्जा :
पुतलीवजार नगरपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत ४ दिने युवा नेतृत्व बिकास तथा नमुना युवा संसद कार्यक्रम गरिएको छ । युवाहरुमा नेतृत्व क्षमता बिकास तथा नमुना युवा संसद अभ्यास गराउने उदेश्यले कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । ३ दिन सम्म बिभिन्न बिषयमा सैद्धान्तिक प्रशिक्षण गरेर नमुना संसदिय अभ्यास गरिएको हो ।
संसद अभ्यास कार्यक्रममा गण्डकी प्रदेशका सदस्य दिपक चर्ति मगर र मिन प्रसाद गुरुङले प्रदेश संसदको अनुभब सुनाउनु भएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले नगरपालिकाको भाबी योजनाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नमुना संसद नेपालमा मात्र नभएर भारत, अमेरिका, अष्ट्रेलिया जस्ता धेरै देशमा अभ्यास गरिदै आएको सहजकर्ता अशोक खनालले बताउनुभयो ।
कार्यक्रममा नगरपालिका ३५ जना युवा, जनप्रीतनिधी, कार्यालय प्रमुखको सहभागिता रहेको थियो । नगरपालिका प्रमुख प्रसासकीय अधिकृत रुद्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपसचिब दयाराम गौतमले गर्नु भएको थियो । (श्री गुरुङको सहयोगमा)






समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


