आँधीखोला तर्ने क्रममा डुबेर मृत्यु
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको आँधीखोला तर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ४ निवासी ५१ वर्षिय टेबबहादुर थापा ‘मने’ को आँधीखोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पुतलीबजार नगरपालिका ४ को ठूलो फुलबारी तर्फबाट गाईनेघाट हुन्दै सानो फुलबारीस्थित लामागे तर्फ जाँदा आँधीखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृतक थापा नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ का सह–सभापति कुलबहादुर थापाका छोरा हुन् । थापाको शब पोष्र्टमार्टमका लागि स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


