रामपुरको बेझाड खेतमा सूर्यमुखी फस्टाउँदै
सुशीला रेग्मी /रामपुर पाल्पा :
रामपुर नगरपालिकामा लगाइएको सूर्यमुखी फूल फस्टाउँदै गएको छ । सूर्यमुखी फूल फूल्न थालेपछि अहिले अवलोकन गर्न जानेको चहलपहल बढ्दो छ । सूर्यमुखी पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ५ बेझाड खेतमा जनप्रतिनिधि, कृषि प्राबिधिक लगायतको टोलीद्धारा अनुगमन गरिएको छ ।
वडा अध्यक्ष हिमाल मल्लको नेतृत्वमा रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, वडा सदस्यहरु सावित्रा गौतम, माया नेपाली, काशिनाथ रेग्मी, विष्णुप्रसाद बस्याल, कृषक लगायतको टोलीले अनुगमन गरेको हो । तेलहन बाली उत्पादनलाई जोड दिदै वडाले यसैवर्ष देखि सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेको हो । सूर्यमुखी खेती गर्न कृषकलाई अनुदानमा वीउ उपलब्ध गराइएको छ ।
कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी राम्रो भएको बताउँदै रोग किरा, उपचार बिधि सम्बन्धमा कृषकलाई जानकारी गराउनुभएको छ । रामपुरमा तेलजन्य पदार्थ उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्र्तगत सूर्यमुखी खेती गरेको वडा अध्यक्ष हिमाल मल्लले बताए ।
कृषि ज्ञानकेन्द्र पाल्पाको ६ लाख अनुदान सहयोगमा करिव दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको समुहका अध्यक्ष बलबहादुर रानाले जानकारी दिए । बेझाड खेतमा लगाइएको सूर्यमुखी यतिखेर ढकमक्क फुल्न थालेको छ । सूर्यमुखी फुलमा बसेर फोटो खिचाउने, टिकटक बनाउनेको अहिले चहलपहल देख्न सकिन्छ । पाल्पा समाचार डटकमबाट
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


