स्याङ्जाका ५५ विद्यालयमा फोनबाट सिकाइ सहजीकरण हुँदै
स्याङ्जा :
स्याङ्जाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको छ । कोरोना माहामारीका कारण विद्यालयहरु बन्द भएपछि अभिभावकहरुसँग फोन सम्पर्क गरी विद्यार्थीहरुलाई फोनबाटै सिकाइ सहजीकरण गर्न लागिएको हो ।
रुम टु रिड र सूर्याेदय क्लबको साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालित विद्यालयमा यो क्रियाकलाप सञ्चालन गर्न लागिएको छ । विद्यालयका प्रधानाध्यापक, कक्षा एक र दुईको नेपाली भाषा शिक्षकहरुलाई १० समूहमा विभाजन गरी रुम टु रिड र सूर्योदय क्लबले अभिमुखीकरण गरिसकेको छ । अभिमुखीकरण कार्यक्रममा दहथुम मावि काप्रधानाध्यापक वेद प्रसाद अर्यालले विद्यार्थीहरुसँग जोडिने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम फोन भएको र सिकाइलाई सहजीकरण गर्न विद्यालय तयार रहेको बताउनुभयो ।
फोन मार्फत अक्षर चिनारी, बाह्रखरी, शब्द भण्डार, अनुच्छेद पठन तथा पठन बोधको विषयमा सिकाइ सहजीकरण गर्न अभिमूखीकरण गरिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राजन सापकोटाले जानकारी गराउनुभयो । सापकोटाले थप्दै भन्नुभयो “सिकाइ जहिले पनि जहाँ पनि भन्ने मान्यतालाई सार्थक बनाउन र अबको शैक्षिक सत्रको पढाइलाई टेवा पु¥याउन यो क्रियाकलाप अगाडि सारिएको हो ।”
अभिमुखीकरण रुम टु रिडका राजन सापकोटा, टेक बहादुर ढेंगा, सन्तोष खनाल र सूर्याेदय क्लबका आशिष न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


