पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोको कीर्तिमानी गोल ।
मंगलबार भएको खेलमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी दुई गोल र गुरेरोको एक गोलले घरेलु टिम हंगेरीलाई ३-० गोलले पराजित गरेको छ ।
खेलको ८४ मिनेटमा पोर्चुगलका गुरेरोले पहिलो गोल गरेका थिए भने रोनाल्डोले ८७ मिनेट र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे । रोनाल्डोले पहिलो गोल पेनाल्टीमा गरेका थिए। हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो। रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।
खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने। साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन । उनले युरोकप फुटबलमा ११ गोल गरेका छन ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


