सेतीवेणी बजार डुबानमा ।
स्याङ्जा:
अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ ।
विश्वकै ठुलो शालिग्राम भएको स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको स्थानियले जानकारी दिए ।
मंगलबार विहान ४ बजेदेखि कालिगण्डकी नदीमा मिसिने सेतीखोला बढेर आएपछि छेउका मन्दिर सहित १८ घर डुबानमा परेको छ । हाल त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सारिएको स्थानियले बताएका छन । स्थानीयका अनुसार कालिगण्डकीको पानीको सतह २८ बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण पवित्र शालिग्राम–शिला र शालिग्र्राम क्षेत्रका सत्तल लगायतका सबै संरचनाहरु डुबाएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


