युरोकपमा इटालीले टर्कीलाई हरायो ।
एजेन्सि:
शुक्रबार राति भएको युरोकप उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इटालीले ५३ मिनेटमा आत्मघाती गोलले अग्रता लिएको थियो। टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए। ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे। ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलको अग्रता लिएको थियो। जितसँगै इटालीले समूह ‘ए’ मा तीन अंक जोडेको छ।
यस जितपछि इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेल पुर्याएको छ । सन् २०१८ को सेप्टेम्बरयता इटाली अपराजित रहेको छ ।
युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह ‘ए’ को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह ‘बी’ को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।
यस्तै राति १२:४५ बजे समूह’बी’को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


