सुदूरपश्चिम प्रदेश सरकारले पायो विश्वासको मत ।

काठमाण्डौ :
सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा आज भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री  त्रिलोचन भट्टले ३० मत प्राप्त गरेका छन् ।

सभामुख सहित ५२ सदस्य रहेको सभामा विश्वासको मत पाउन जम्मा २७ सदस्य भए पुग्थ्यो । आफ्नो दल माओवादी केन्द्रका १३ र एमालेका माधव पक्षधर १७ जनाको गरी उनले ३० मत प्राप्त गरेका हुन् । विपक्षमा ९ मत परेको छ । विपक्षमा मतदान गर्नेमा एमालेका ओलि पक्षधर ७ र जसपाका २ जना सांसदहरु हुन् ।

कांग्रेसका १२ जना सांसद मतदानमा सहभागी भएनन् । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP