नेविसंघद्धारा खेलकुद र स्वास्थ्य सामाग्री वितरण
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिले विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेको छ । कोभिड १९ बाट घरमै सुरक्षित रहेका सान साना वालवालिकालाई खेलकुद मार्फत उच्च मनोबल बढाउने उदेश्यले नेविसंघले खेलकुदका सामाग्री सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । स्याङ्जाको वालिङ–११ पेखुमा रहेको गणेशमा स्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुका लागि खेलकुदका लागि क्यारमबोर्ड, कापी–कलमहरू, मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरेको थियो । विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी कक्षा ३ सम्मका विद्याथीले खेलकुदमा सहभागी हुन मिल्ने गरी साईज अनुसारको ४ थान क्यारमवोर्ड, अध्ययनका लागि कापी कलम र स्वास्थ्य सामाग्री वितरण गरेको स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति ईन्जिनियर दिपेन्द्र क्षेत्रीले बताए ।
यसभन्दा अगाडी विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको समितिले वालवालिकालाई स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देश प्रवाह गर्न विद्यार्थीलाई खेलकुदका सामाग्री वितरण गर्ने अभियान चलाएको सभापति क्षेत्रीले बताए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा(कृष्ण) लाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको विद्यालयका प्राधानाध्यापक बविता थापाले जानकारी दिइन् ।
समितिले पेखुकै नगर स्वास्थ्य केन्द्र लाई १ थान अक्सिमिटर, मास्क, सेनिटाईजर र वालिङ्–११ धनपुर, टापु स्थित स्वेक स्वास्थ्य चौकी लाई २ थान अक्सिमिटर, मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मीहरु अग्रपंतीमा रहेर काम गर्दै आएको भन्दै ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई सामाग्री प्रदान गरेको जनाएको छ । यस्तै समितिले १२ घर परिवारमा कोरोना संक्रमणबारे सचेतना सहित साबुन र मास्क वितरण गरेको जनाएको छ । सरकार जनता भन्दा पनि सत्ता जोगाउन व्यस्त रहेको आरोप लगाउदै समितिका सभापति क्षेत्रीले नागरिक स्तरबाटै रोग निर्मुल पार्न स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताए ।
गणेशमान स्कुललाई हस्तान्तरण गरेको ४ थान क्यारमबोर्ड, कापी र कलम काठमाण्डौं–१४ नं वडा कलंकी निवासी नेपाली कांग्रेसका युवा नेता महेश रायमाझीबाट सहयोग गरिएको जानकारी दिए ।
उक्त वितरण कार्यक्रममा वालिङ्–११ नेपाली कांग्रेस पार्टि सचिव सुरेश अर्याल, वालिङ्–११ तरूण दल सभापति नरेन्द्र पराजुली, त्रिनेन्त्र क्लब, सुर्कौदींका अध्यक्ष विशाल पंगेनी, युवा समाजसेवी लक्ष्मण विश्वकर्मा(जिदान), तरूण नेता विश्वास पंगेनी लगायतको सहभागितामा सामाग्री वितरण गरिएको थियो । सम्पर्क समितिले गणतन्त्र दिवसको अवसर पारेर शुरुवात गरेको सहयोगी कार्यक्रमलाई निरन्तरता दिदै जाने बताएको छ ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


