गण्डकीमा ८४२ जनामा कोरोना पुष्टि , १७ जनाको मृत्यु।
प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित मध्य कास्कीका १५६ जना, तनहुँका ६१ जना, गोरखाका २४० जना, लमजुङका ३७ जना, नवलपुरका ९७ जना र स्याङ्गजाका ६७ जना छन् ।
यस्तै, पर्वतका ३६ जना, बाग्लुङका ११० जना र म्याग्दी जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ५२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ९५९ जना कोरोनामुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ।
साथै १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, तनहुँका चार जना, लमजुङका एक जना, स्याङ्गजाका दुई जना, नवलपुरका तीन जना, बागलुङका दुई जना र म्याग्दीका एक जना छन् । यस सँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६७८ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


