फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत, दक्षिण एसियामा तेस्रो
जेष्ठ १३ : बिहीबार सार्वजनिक गरेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित गत महिनाकै १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि हिजो बुधवार नै पुगिसकेको छ ।
यो खेलपछि विश्वकप छनोटमा खेल्न बाँकी जोर्डन, चाइनिज ताइपेइ र अष्ट्रेलियासँगको खेलमा नेपाललाई सहज हुने अनुमान गरिएको छ ।
फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा रहेको छ ।
दक्षिण एसियामा भारत पहिलो, माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


