स्याङ्जाका २४० सहित गण्डकीका थप १५४९ जनामा कोरोना पुष्टि, १२७७ कोरोनामुक्त
स्याङ्जा : मंगलबार गण्डकीमा थप १५४९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित कास्कीका ४४० जना, स्याङ्जाका २४०,गोरखाका २२३ जना, लमजुङका २३९ जना,नवलपुरका १५६ जनातनहुँका ६२ जना ,पर्वतका ९२ जना, बाग्लुङका दुई जना, म्याग्दीका ५१ जना र मुस्ताङ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको छ। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ।
मंगलबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ। आज पुष्टि भएका मृतकहरु कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना, नवलपुरका एक जना, स्याङ्जाका दुई जना, पर्वतका एक जना, बाग्लुङका एक जना र मुस्ताङ जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


