देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिट लिएर १ सय ४७ सांसद सर्वोच्चमा
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै १ सय ४७ सांसदको हस्ताक्षरसहित सांसदहरू सर्वोच्च अदालत पुगेका छन् ।
नयाँ बानेश्वारको संसद भवनमा आन्तरिक छलफलमा जुटेर हस्ताक्षर संकलन गरेका नेताहरू सर्वोच्च अदालतमा पुगेका हुन् । सांसदहरूको प्रतिनिधित्व गर्दै शीर्षस्थ नेताहरूले रिट निवदेश पेश गर्ने क्रममा रहेका छन् ।
रिट निवेदश पेश गर्नका लागि सबै रिट निवेदन कर्ता उपस्थित हुनुपर्ने बाध्यकारी नभए पनि नेताहरू सर्वोच्च अदालतमा पुगेका हुन् ।
रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २५, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक सांसदले हस्ताक्षर गर्नुभएको नेपाल पक्षका नेता झपट रावलले जानकारी दिनुभयो ।
शुक्रबार देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दिएको दाबी र ओलीले १५३ जना सांसदको दाबी पेश गरे पनि राष्ट्रपतिले दुवैलाई अस्वीकार गरी प्रतिनिधिसभा विघटनको बाटोतर्फ लाग्नुभएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


