वालिङ भित्रका ७८ जना सङ्क्रमित निको भए
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । बिहीबारमात्रै १८ जना सङ्क्रमितहरु निको भएका हुन् । नगरपालिकाभित्र हालसम्म कूल सङ्क्रमितको संख्या दुईसय ९३ रहेको छ । जसमध्ये ७८ जना निको भएका छन् भने पोखरामा ११ जना, गह«ौं प्राथमिक अस्पतालमा ५ जना गरी १६ जनाको अस्पतालमा उपचार भईरहेको छ । वालिङमा हालसम्म दुई सय ११ जना सक्रिय सङ्क्रमित हुनुहुन्छ भने चार जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिकाभित्र सङ्क्रमणको दर ह्वात्तै बढेर महामारीकोरुप लिएसँगै उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरबासीहरुमा अनुरोध गरेको छ ।
महामारीका बेला जारी गरिएको निषेधाज्ञालाई कडाईका साथ पालना गरी जोखिम रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले अनुरोध गर्नुभएको छ । सक्रिय सङ्क्रमितहरु होम आईसोलसनमा बस्दा कुनै पनि स्वास्थ्यसम्बन्धी समस्या भएमा तत्काल नगरपालिका कार्यालय, सम्बन्धित वडा कार्यालय वा स्वास्थ्यकर्मीहरुलाई तुरुन्त जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
सङ्क्रमणको दर विस्तारै घट्दै गएकाले अझै केही दिन उच्च सतर्कताका साथ त्रसित नभईकन घर÷घरमै बस्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आग्रह गर्नुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


