गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।
विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यसैबीच प्रदेश प्रमुख सीता पौडेलले उनलाई पद तथा गोपनियताको सपथ गराइएकी छन् ।
प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।
विपक्षी दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बैशाख २६ गते उनले मुख्यमन्त्रीबाट राजीनामा गरेका थिए । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।
यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका कृष्ण थापा र खिमविक्रम शाहील्े साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै ठाउँमा नहुँदा नेपाली मुख्यमन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


