स्याङजाका ४ सहित गण्डकीमा १३ जनाको मृत्यु, थपिए ६५३ जना संक्रमित
स्याङजा : गण्डकी प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार गण्डकी प्रदेश अन्तर्गतको कास्कीमा २९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, स्याङजामा १५, पर्वतमा ५०, बागलुङमा ५८, म्याग्दीमा ६३, मुस्ताङ र मनाङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…


