कोभिडबाट एकैदिन १ सय ३९ जनाको मृत्यु, थपिए ९ हजार २७१ संक्रमित
काठमाडौं : नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३ हजार ९४ पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना काठमाडौं उपत्यकामै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।
देशभर एकदिनमा ४ हजार ७ जना निको भएर घर फर्कँदा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । अहिले ९३ हजार १४१ जना सक्रिय संक्रमित हुँदा आईसीयूमा ९ सय १० जना र भेन्टिलेटरमा २ सय ९५ जना रहेका छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


