आफ्नो कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने कांग्रेस स्याङजाको निर्णय
भवानी अधिकारी/स्याङजा :
अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ ।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले अस्पताल निर्माणका लागि आवश्यक परेमा पार्टीको मुख्यालय नेै उपलब्ध गराउनेगरी निर्णय भएको जानकारी दिए ।
कोभिड अस्पतालका लागि स्थानिय तह, प्रदेश, केन्द्रीय सरकार वा कुनै आधिकारिक स्वास्थ्य सस्थाले अस्थायी उपयोग गर्न चाहेमा उपलब्ध गराउन सकिने बताइएको छ।
कोरोना संक्रमण समुदायसम्म फैलिरहेको अवस्थामा निश्चित स्वास्थ्य संस्था र अस्पतालले मात्र बिरामीको चाप थेग्न नसकेका बेला कांग्रेसको निर्णय स्वागत योग्य भएकोे स्थानीयको भनाई छ।
पुतलीबजार नगरपालिका १ अभियानपथमा रहेको सो भूईतला सहित ४ तलाको छ। वाक्लो बस्ती भन्दा पर रहेको भवन अस्पतालका लागि उपयोगी छ ।
महामारी रोग नियन्त्रणगरी र नागरिकका जीवन रक्षाको लागि सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्दै नेपाली काग्रेस स्याङ्जाले आवश्यकता अनुरुप सहयोगका लागि हातेमालो गर्न तयार रहेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराए ।
पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने जानकारी सहितको पत्र जिल्ला प्रशासन कार्यालय, समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिकालाई आइतवार (भोली) कार्यालय खुलेपछि जानकारी गराउने निर्णय भएको कावा सभापति रानाले बताए।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


