गण्डकीमा एकैदिन १३९६ संक्रमित थपिए, सातकाे मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा एकैदिन १३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८५६ सहित प्रदेशका १० जिल्लामा गरेर शुक्रबार १३ सय ९६ संक्रमित थपिएका हुन् ।
शुक्रबार पर्वतका १६७, तनहुँका ६१, गोरखाका ६०, स्याङ्जाका ५९, म्याग्दीका ५६, नवलपुरका ५४, बागलुङका ५३, लमजुङका २८ र मुस्ताङका २ जनामा पोजेटिभ देखिएको हो ।
यो हालसम्मकै उच्च संक्रमण दर हो । गत २२ वैशाखमा एकै दिन ५७४ जनामा कोरोना पुष्टि भएको थियो । आज थपिएकासहित गण्डकीमा कोराना संक्रमितको संख्या २२ हजार २९६ पुगेको छ ।
शुक्रबार ८६ संक्रमित निको हुँदा कोरोनालाई जित्नेहरु १७ हजार ३८८ पुगेका छन् । संक्रमितमध्ये २४८ जनाको मृत्यु भएको छ ।
यसैबीच, गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पर्वतका २, कास्की, म्याग्दी, तनहुँ, दाङ र रुपन्देहीका १/१ संक्रमितको मृत्यु पुष्टि गरेको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ । गण्डकीमा कोराना संक्रमितको संख्या २२ हजार २९६ पुगेको छ ।
शुक्रबार ८६ संक्रमित निको हुँदा कोरोनालाई जित्नेहरु १७ हजार ३८८ पुगेका छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


