एकैदिन ७२११ संक्रमित, २७ जनाको मृत्यु
काठमाडौं : नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट ७ हजार १ सय ३७ जना तथा ६ सय २३ एन्टिजेन परीक्षणबाट ७४ जना गरी ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् ।
थपिएकामा काठमाडौं उपत्यकामात्र ३५ सय ९५ जना हुन् ।
जसमा काठमाडौंका २७ सय ४४, ललितपुरका ५ सय ५० तथा भक्तपुरका ३ सय १ जना थपिएका हुन् ।
त्यस्तै रुपन्देहीका ४ सय ६६ जना, बाँकेका ४ सय ६ जना, मोरङका २ सय ४९ जना, कैलालीका २ सय ३२ जना, धनुषाका २ सय २८ जना, सुर्खेतका १ सय ७४ जना, मकवानपुरका १ सय ६९ जना रहेका छन् ।
थपिएकामा ९ वर्ष मुनिका बालबालिकामात्रै १ सय ६६ जना हुन् । त्यस्तै १० देखि १९ वर्षका ४ सय ५७ जना थपिएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।
आइतबार थप २७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेका छन् ।
त्यसैगरी १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ८४ दशमलव ५१ प्रतिशत मात्रै हो ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…