वालिङका कृषक,उद्यमी तथा सहकारीहरुलाई कृषि औजार बितरण ।
वालिङ :
वालिङका उद्यमीहरुलाई कृषि औजार बितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषक,उद्यमी तथा समूहहरुलाई बिभिन्न सामाग्रीहरु बितरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बढाउन र लागत कम गर्न कृषि औजारहरु सहयोगी हुने बताउनु भयो । उहाँले भन्नुभयो, अत्याधुनिक प्रविधिको प्रयोगले कृषकको परिश्रममा कमी ल्याउने मात्रै होईन उत्पादकत्व समेत बढ्छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कोभिडको प्रभावबाट बच्दै कृषि कर्ममा निरन्तर लाग्न कृषकहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावित कृषक तथा उद्यमीहरुलाई लक्षित गरि बिभिन्न सामाग्रीहरु प्रदान गरिएको बताउनु भयो ।
कार्यक्रममा मिल्क एनालाईजर, मिनि थ्रेसर,अटोमेटिक मकै छोडाउने मेसिन,अत्याधुनिक चापकटर,ठेलागाडा, वाईपर गम्वुट सेट,वेडर लगायतका सामाग्री कृषि औजार तथा सामाग्री बितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


