स्याङ्जाका एक सहित गण्डकीमा थप ४ जना काेराेना संक्रमितको मृत्यु
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ महिलासहित थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २५ घण्टामा ४ जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै मृत्यु हुनेको विवरण पनि सार्वजनिक गरेको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुष, म्याग्दीको रघुगंगाका ७८ वर्षीय पुरुष र पोखराका ९१ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।
गण्डकीमा गएको २४ घण्टामा १ सय १ संक्रमित फेला परेका छन् । तीमध्ये कास्कीका मात्रै ६९ जना छन् । कास्कीमा हाल सक्रिय संक्रमितको संख्या ७ सय नाघिसकेको छ ।
यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र आगामी वैशाख १६ देखि निषेधाज्ञा घोषणा गरिएसँगै कोरोनाको उच्च जोखिम कास्कीमा पनि निषेधाज्ञा हुन सक्ने आमसर्वसाधारणको अनुमान बमोजिम जिल्लामा सोको तयारी गरिएको स्रोतले जनाएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


