पत्रकार महासंघ : महागठबन्धनका तर्फबाट गण्डकी प्रदेशकाे अध्यक्षमा शर्मा ।
पाेखरा : नवलपुरमा रहेर विगत २५ वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार नारायण शर्माले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धनको तर्फबाट गण्डकी प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छ्न् ।
रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट पत्रकारितामा स्नातक गरेका शर्माले साबिक नवलपरासीको २०६४ मा प्रेस युनियनको अध्यक्ष र २०७० मा नेपाल पत्रकार महासंघको अध्यक्ष भएर काम गरिसकेका छ्न् ।
लोकपत्र दैनिकबाट पत्रकारिता शुरु गरेका शर्मा विगत २३ वर्षदेखि कान्तिपुर दैनिकमा आबद्ध छ्न् । उपसम्पादक शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका वर्तमान उपाध्यक्षसमेत हुन् ।
प्रदेश सरकारसँग समन्वय गरी प्रदेश प्रेस काउन्सिलको स्थापना गर्न पहल गर्ने, श्रमजीवी पत्रकारहरुको हक हित र अधिकार कार्यान्वयनका लागि प्रदेश स्तरमा मजबुत आयोगको स्थापना गर्ने पहल गर्ने, बोल्ने, देख्ने र सुन्ने पत्रकार महासंघ बनाउने, हरेक श्रमजीवीको सम्मान, उचित पारिश्रमिक र समयमा नै भुक्तानीको व्यवस्थापनका लागि पहल गर्ने, पत्रकारको क्षमता वृद्धि अभियान, प्रदेशका संचारमाध्ययमलाई समानुपातिक विज्ञापनका लागि पहल गर्ने, पत्रकार मात्र हैन संचार सस्था पनि बचाउने अभियान सन्चालन गर्ने आफ्ना प्रमुख एजेन्डा रहेको शर्माले बताए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


