त्रिदेशीय कपको उपाधि नेपाललाई, बंगलादेश २-१ ले पराजित
काठमाडौं : ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका थिए ।
तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो । नेपालले ३७ वर्षपछि बंगलादेशलाई दशरथ रङ्गशालामा फाइनलमा पराजित गर्दै उपाधि जितेको हो । संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् ।
जितसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ । विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभयाे ।
किर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।
नेपालले दुबै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले किर्गिस्तानलाई १/० ले हराएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


