दुर्घटनामा घाइते भएका सहचालकलाई चालकले कालीगण्डकीमा बगाइदिए…..
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ ।
गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चैत ५ गते राति १० बजे यो घटना भएको प्रहरीको भनाइ छ ।
घटना भएको जानकारी पाउनासाथ प्रहरी टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फेला परेका छैनन् । बेपत्ता गाहाको खोजतलास गर्न गोताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
घटनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले यस घटनाबारे आफ्नो दिदीलाई भनेपछि घटना बाहिर आएको हो ।
रानालाई प्रहरीले ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै फरार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइरहेको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


