ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौंता, भैरहवामा घर किन्न सहुलियत कर्जा ।
भैरहवा : ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सहुलियत ब्याजदरमा आवासीय कर्जा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे। सम्झौंता अनुसार बोधिले भैरहवामा निर्माण गर्ने घर जग्गा खरीदमा बैंकले सहुलियत दरमा घर कर्जा दिनेछ। बोधिले निर्माण गर्ने परियोजनामा ग्लोबल बैंकिङ पार्टनर बनेको छ।
।

भैरहवामा बोधि होम्स् हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ। दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुनेछ।
पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिना भित्र सक्नेगरी काम सुरु भइसकेको छ। दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना रहेको छ। कुल १४ बिघा (एक सय ८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ।
।

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


