विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
वि.स.२०७५ फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।
यसअघि बिहीबार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।
मंगलबारदेखि पटक–पटक भएको वार्ता पछि दुवै समूहबीच तीन बुँदे सहमति भएको हो ।
सहमति अनुसार संवादबाटै सम्पूर्ण राजनीतिक विषयहरुको समाधान खोज्न विप्लव समूह सहमत भएको छ भने सो समूहले आफ्ना सम्पूर्ण गतिविधिहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने छ ।
यस्तै सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाइने छ भने सम्पूर्ण बन्दीहरु रिहा गर्ने र मुद्दाहरु फिर्ता लिइने छ ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबार २ बजे राजधानीमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनु हुने छ भने सहमतिको विस्तृत जानकारी पनि दिइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम समेत बनेको जनाइएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


