प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसका शुभेच्छुक संस्थाहरुले वालिङमा मौन विरोध
स्याङ्जा :
प्रतिनिधिसभा विघटन विरुद्धमा नेपाली काङ्ग्रेसका शुभेच्छुक संघ संस्थाहरुले स्याङ्जाकाे वालिङमा प्रदर्शन गरेका छ्न ।
भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरूले मौन विरोध प्रदर्शन गरेका हुुन् ।
‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग प्ले कार्डमा लेखिएको थियो ।
।

विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस,विपि कोइराला युवा नेतृत्व विकास मंच,नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियन,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स,त्रि वि प्रजातन्त्रवादी कर्मचारी संघ,लोकतान्त्रिक गैर सरकारी संस्था माहासंघ,नेपाल लो वै रो व्य एसोसिएसन,प्रजातान्त्रिक वन एसोसिएसन संघ,प्रजातान्त्रिक विचार समाज,नेपाल पशु स्वास्थ्य स.प्राविधिक संघ,नेपाल निजामती कर्मचारी युनियन संघ,नेपाल कुमाल संघ,लोकतान्त्रिक नेवा:खल,प्रजातन्त्र वादी आयुर्वेद चिकित्सक संघ,नेपाल लोकतान्त्रिक शेर्पा संघ,प्रशासन व्यवस्थापन र विकास केन्द्र,स्कुल अफ डेमोक्रेसी लगायतका सङ्घसंस्थाको अगुवाइमा भएको हो ।
वालिङ मोडवाट भएको प्रदर्शन नयाबजार तल्लो वालिङ हुँदै पुन वालिङ मोडमा आएर समापन गरेका थिए ।
।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


