गण्डकीमा १५ हजार पुगे कोरोना संक्रमित ।
स्याङजा – सोमबार पोखराका १३ सहित गण्डकीका थप ४० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका २१५ जनामा गरिएको परीक्षणमा थप ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १३, तनहुँमा १, गोरखामा १, लमजुङमा १, नवलपुरमा ९, पर्वतमा ९, बाग्लुङमा ४ र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ ।
आज थपिएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार पुगेको छ । जसमा, सक्रिय संक्रमित ६७२ जना छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या १४ हजार १ सय ३२ पुगेको छ भने, हालसम्म कोरोना संक्रमणका कारण १९६ जनाले ज्यान गुमाएका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


