मन्त्री अर्याललाई गृहजिल्ला स्याङ्जामा कालोझण्डा
स्याङ्जा :
मन्त्री पद्मा कुमारी अर्याललाई गृहजिल्ला स्याङ्जामा काँंग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आउनु भएकी मन्त्री अर्याललाई तरुणदल तथा नेबिसंघले कालोझण्डा देखाउदै बिरोध जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि कांँग्रेसले तय गरेको केन्द्रीय बिरोधको कार्यक्रम अन्तरगत वालिङमा पनि प्रदेश स्तरीय बिरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताउनुभयो ।
.

नेपाली काँँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार आज ३३० वटा प्रदेशमा विरोधसभा भईरहेका बेला स्याङ्जाको वालिङ आउनुभएकी मन्त्री अर्याललाई काँग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् । कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


