फुलबारी बचत तथा ऋण सहकारीको डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम
स्याङजा : फुलबारी बचत तथा ऋण सहकारी संस्थाको ७औँ साधारण सभा अन्र्तगत आज डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम गरिएको छ । सहकारीले यही पुस ७ गतेबाट साधारण सभाको कार्यक्रम शुभारम्भ गरेको थियो ।
कोभिड १९ का कारण सहकारीहरुले यही पुस १७ गतेसम्म आफ्ना सदस्यहरुको रायसुझाव संकलन गर्ने कार्य गर्नेछ भने १८ गते समापन गर्नेछ । सोमबार डुम्रेभञ्याङ सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुबीच राय सुझाव संकलन गर्ने, अहिलेसम्मका कार्यप्रगति र भावी योजनाका विषयमा जानकारी गराईएको अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । कार्यक्रमको उद्दघाटन वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
वडा अध्यक्ष श्रेष्ठले सहकारीमा आवद्ध भई बचतको बानी बसाल्ने र उत्पादनमुलक कार्यमा जोडिएर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक अनन्तराज अर्याल, वडा सदस्य गमबहादुर लुँईटेल, नेकपा वडा कमिटि अध्यक्ष टिकाराम लुँईटेल, कागे्रसका वडा सभापति ठगबहादुर दर्लामीलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डुम्रीभञ्याङ सेवा केन्द्रका व्यवस्थापन समिति संयोजक टेकबहादुर दर्लामी र सञ्चालन सचिव नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो ।
२०६९ सालमा स्थापना ६३ जना शेयर दस्यबाट रु १५ लाख ७५ हजार शेयर पूँजीबाट कारोबार सुरु गरेको संस्थामा हाल ९४७ जना शेयर सदस्य र शेयर पूँजबी २ करोड ३५ लाख ३० हजार ८ सय रहेको छ भने ऋण लगानी रु २३ करोड ८२ लाख ३२ हजार ८ सय ८० रुपैया रहेको छ । निक्षेप तर्फ २१ करोड २५ लाख २३ हजार ७ सय ३७ रहेको सहकारीले जनाएको छ
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


