ओली सरकार बिरुद्ध सडकमा उत्रियाे तरुण दल वालिङ
वालिङ : नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध सडकमा उत्रिएकाे छ । प्रधान मन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल र्याली गरेको हो ।
नेपाली कांग्रेसले भाेलि पौष १३ गते देशभर गर्ने विरोध प्रदर्शनको तयारी रहेको तरुण दलले जनाएको छ । पार्टी कार्यालयबाट सुरु भएको मिर्दी, त्रियासी,खहरे, भकुण्डे हुदै पुन मोडमा आएर कोण सभामा परिणत भएको थियो ।
.

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न र अधिनायकबाद हावी गराउन गरेको संसद विघटनले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।
उहाँले गैर जिम्मोवारी सरकार बिरूद्ध सडकमा उत्रिन अाग्रह गर्नु भयाे । त्यस्तै नेपाल तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको बिराेध गर्दैअागामी दिनमा थप कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।
भिडियाे : ओली सरकार विरुद्ध तरुणदल वालिङ सडकमा उत्रियो
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


